यूकेमा तीजको भव्य रुप

यूकेमा तीजको भव्य रुप


2लण्डन । नेपाली महिलाहको महान पर्व तीज, यूकेमा नेपाली महिलाहरुले भव्य रुपमा मनाएका छन् । अल्डरसट, प्ल्मस्टेड, अक्स्फोर्ड, क्याम्ब्रिज्डलगायत वेम्ब्ली अनि फेल्थाममा नाचगानका विविध कार्यक्रमहरु गरी यो पर्वको तीज भव्य रुपमा सम्पन्न भएका छन् । खासगरी हान्स्लो बोरोहअन्तर्गत पर्ने फेल्थामस्थित कम्युनिटिहलमा ७ तारिख पूरा रात नाचगान गरी नेपाली महिलाहरुलगायत विदेशी महिलाहरुसँग विवाह गर्ने नेपाली अनि नेपालीहरुसँग विवाह गर्ने विदेशी महिलाहरुले रमाइलोका साथ हरितालिका पर्व मनाएका छन् । ८ तारिख, इलिंग रोडस्थित हिन्दू मन्दिरमा पूरा दिन पारम्परिक रुपमा पूजा अनि नाचगान गरी व्रतमा रहेर सोही दिनको साँझ उक्त व्रत टोडी तीज सम्पन्न गर्ने कतिपय महिलाहरुले वर्तमान हालातमा नेपालमा प्रचलित रहँदै गएको धर्म, जात अनि क्षेत्रविशेषले अलग्गिएको सोँचहरुलाई पूर्ण रुपमा अस्वीकार गरी हिन्दू मात्रको नभई सम्पूर्ण नेपाली महिलाहरुको आफ्नो चाड तीज हो भन्ने प्रमाण विदेशलगायत नेपालमा स्पष्ट रुपमा देखाएका छन् ।
1
3
4
5
6
8
9
7
मेरो सम्वाददाता, लण्डन