लण्डन – बेलायती शाही वायुसेनाको, रोयल नेभि सर्च एण्ड रेज्क्यू विभागमा कार्यरत राजकुमार विलियम सैनिक सेवाबाट निवृत्त भएको खबर प्रकाशमा आएको छ । उनले सैनिक सेवाकाल सातवर्ष पुरा गरिसकेका छन् । सैनिक सेवाबाट मुक्त भए पश्चात आफूलाई शाही सेवामा समर्पण गर्ने भावी योजना बनाएका छन् । हाल कार्यरत् आरएएफको रोयल नेभि सर्च एण्ड रेज्क्यू विभाग सरकारले सन् २०१६ सालपछि निजिकरण गरिने योजना बनाएको छ । त्यसकारण उनलाई सहि समयमा सेवाबाट मुक्त भएको भन्ने कुराहरु सम्प्रेषन गरेका छन् । आरएएफको यस सेवामा झण्डै २५० देखि ३०० जना कर्मचारीहरु कार्यरत् छन् । हालको सेवालाई मन्त्रालयले विघटन गरेपछि अमेरिकी कम्पनी ब्रिस्टोले सञ्चालन गर्ने कुरा छ । यस विभागको बेलायतभरि १०वटा आधारहरु छन् । ती सबै दशवटा आधारहरुलाई अमेरिकी कम्पनीले सञ्चालन गर्ने भएको छ । त्यस विभागका हाल कार्यरत् कर्मचारीहरुले चाहेको अवस्थामा सोहि अमेरिकी कम्पनीमा काम गर्न सकिनेछ अथवा नचाहेको अवस्थामा उनिहरुलाई आरएएफका कुनै सपोर्टकामहरुमा लगाईने रक्षा मन्त्रालयले जनाएको छ । हिजो केन्सिङ्टन दरबारले दिएको समाचारमा राजकुमार विलियम अब दरबारको निर्देशनमा च्यारिटी कार्यहरुमा आबद्ध रहनेछन् र विशेष गरि सङरक्षण क्षेत्रमा आबद्ध भई क्रियाशील रहने छन् । दरबारका एक जना प्रवक्ताका अनुसार दरबारका लागि निर्देश गरिएका नागरिक सेवामा पनि आबद्ध रहने कुरा बताएका छन् । श्रोत – बीबीसी
प्रतिक्रिया