एनआरएन यूकेको साधारणसभामा केन्द्रीय नेता आउने

एनआरएन यूकेको साधारणसभामा केन्द्रीय नेता आउने


jiba-lamichhane1लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आइतवार लण्डनस्थित अल्पाटन कम्युनिटी स्कुलमा हुने पांचौ साधारणसभालाई गैरआवासीय नेपाली संघका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन् । सो साधारणसभामा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक देवमान हिराचन, संरक्षक रामप्रताप थापालगायतलाई आमन्त्रण गरिएको छ ।

साधारणसभामा एनआरएनएका सल्लालहाकार शेष घले, संरक्षक प्रोफेशर सूर्य सुवेदी, उपाध्यक्ष, हितमान गुरुङ, केन्द्रीय प्रबक्ता डा हेमराज शर्मा, युरोप संयोजक, कुमार पन्त लगाएतले सम्बोधन गर्ने भएका छन् । सो साधारणसभामा आर्थिक तथा बाषिर्क प्रतिवेदन पेश गर्नुका साथै बिधानसमेत संसोधन गरिने भएको छ । बिविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने एनआरएन यूकेले जनाएको छ । यसअघि गैरआवासीय नेपाली संघ यूकेको नंया अध्यक्षमा योगेन बहादुर क्षेत्री निर्विरोध चयन भैसकेका छन । समितिका उपाध्यक्ष कृष्ण तिमिल्सिना, बालकृष्ण गुरुङ, महासचिब, योगकुमार फगामी, सचिब संगीता मरहट्टा, कोषाध्यक्ष डासु पाण्डे, सदस्यहरु हरि बहादुर थापा, गोपाल बहादुर गुरुङ, जय प्रकाश गुरुङ, अर्जुन कुमार कटुवाल, भीम गुरुङ, राम बहादुर गलामी, र फडिन्द्र भट्ट छन् । आइसीसी सदस्यहरुमा थर्क सेन, सुष्मा लिम्बू राई, पशुपति भण्डारी, बिजन भट्ट छन् ।
source-nepalbritain.com