लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले गैरआवासीय नेपाली संघ युकेका असन्तुष्ट पक्षलाई पत्र लेख्दै एनआरएनको नाममा खडा गरिएको समिति भंग गर्दै बिधान सम्वत तरिकाले समाधान निकाल्न निर्देशन दिएको छ । सो पक्षको नेतृत्व गैरअवासीय नेपाली संघ युकेका उपाध्यक्ष महेन्द्र कंडेलले गर्दै आएका छन् । सो प्रस्ताव गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक, देवमान हिराचन, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकत्रय, भिम उदास, रामप्रताप थापा, प्राध्यपक सूर्य सुवेदी, सल्लाहाकारहरु इन्द्र बन, डा अम्बिका अधिकारी, विश्वकान्त मैनाली, डा, द्रोणप्रकाश रसाइली, डा जुगल भूर्तेल, देवकाजी डंगोल, दिल बहादुर गुरुङ्, रतन झा, दिपक खड्का, रन्जना उदास, प्रीतम श्रेष्ठ, र कुलचन्द्र गौतमले संयुक्त रुपमा तयार पारेका हुन् ।
प्रस्तावहरु
१) केही साथीहरुले हालसालै एनआरएनकको नाममा एक कम्पनी दर्ता गरेको हामीलाई जानाकारी भयो जब कि, एनआरएन-आइसिसीबाट मान्यता पाएको एनआरएन-यूकेको कार्यसमितिले विधान संवत तरिकाले सञ्चालनमा आएको छ। यदि यसो हो भने हामी नयाँ कमिटी विघटन गरी विधान बमोजिम साबिकको एनआरएन-युके एनसीसीमा समाहित हुन अनुरोध गर्दछौ।
२) सेप्टेम्बर १५ मा हुने तय भएको एनसिसी युकेको आसन्न सम्मेलनमा एनसिसी युकेको कार्यसमिति विस्तार गर्न यसको विधानमा आवश्यक संशोधन गर्न पनि हामी सल्लाह दिन्छौ ता कि नयाँ समितिमा तर्कपूर्ण ढंगले बढीभन्दा बढी सदस्यहरुलाई समेट्न सकियोस । कार्यसमिति र पदाधिकारीहरुको विस्तार आपसी सल्लाह र सहमतिबाट गर्न अनुरोध छ।
३) माथीका बाहेक सबै पक्षलाई सहमत हुने कुनै खालको समाधानमा आएमा हामी खुशी हुने छौं।
यसअघि गैरआवासीय नेपाली संघ युकेले कंडेल पक्षसंग पटक पटक सहमतिमा आउन गरेको आग्रहलाई लत्याए पछि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेले सहमतिको लागि प्रयास गर्दै आएका छन् । कँडेल र योगेन पक्षले छुट्टा छुट्टै रुपमा सहमतीका प्रस्ताव जीवा लामीछानेलाई पठाएका थिएँ। कँडेल पक्षको प्रस्ताव संघको भावना र विधान बिपरीत भएको ठहर संघले गरेको छ ।
यस पूर्व प्रो सूर्य सुवेदी, क्याप्टेन हितमान गुरुङले सहमती ल्याउने प्रयास असफल भए पछि निर्वाचन समितिले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार मनोनय दर्ता गराएको थियो जसमा योगेन क्षेत्रीको समूह निर्विरोध निर्वाचित भएको छ। योगेन समूहले अध्याधिक सदस्यहरु बुझाएको र कँडेलको आफ्नै समूहको विच पद र सदस्यता शुल्क कसले तिर्ने भन्ने विबाद भए पछि डेडलाईन भन्दा १५ मिनेट पहिले सदस्यता नबुझाई बाहिरका थिए।
के छ कंडेल पक्षको प्रस्तावमा
१) गैरआवासीय नेपाली संघ युकेलाई काउन्सीलको अवधारणमा लैजानु पर्ने
२) सदस्यता र उमेदवारी शुल्क घटाउनु पर्ने
३) महेन्द्र कंडेल पुरै कार्यकालका लागि अध्यक्ष, योगेन क्षेत्री (कार्यबाहक अध्यक्ष) सहअध्यक्ष, र्सर्य नेङ्गवाङ्ग, दुवै कार्यसमितिलाई मिलान गर्ने , मनोनित सदस्यहरु महेन्द्र कंडेल ४० प्रतिशत, योगेन क्षेत्री ४० प्रतिशत, आइसीसी सदस्य महेन्द्र कंडेल २ जना, योगेन क्षेत्री २ जान, र्सर्य नेङ्गवाग १ हुनु पर्ने माग गरेको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेले यस अघि नै विधान सम्मत आउनेलाई मान्यता दिन अभिब्यक्ति दिएकाले कंडेल पक्षको प्रस्ताव बिधान र प्रकृया बिपरीत भएकाले गैरआवासीय नेपाली संघ केन्द्रले मान्यता नदिएको हो ।
यस अघि गैरआवासीय नेपाली युकेका अध्यक्ष कुल आचार्यले सबै पक्षलाई समेटेर जाने बताउदै कंडेल पक्षलाई बिधान र प्रकृया भित्र आएर समस्याको समाधान खोज्न अपील गर्दै संस्थापन पक्षको तर्फ सहमतिका लागि प्रस्ताव पठाएका थिए ।
के छ योगेन पक्षको प्रस्तावमा?
आफूँ विधान सम्वत निर्वाचित भई सके पनि आईसिसिको आगहमा हदै सम्म लचिलो हुन सक्ने कुरा योगेन पक्षले लिखित रुपमा आईसिसिलाई बुझाएको थियो। ६३ सय भनिएका सदस्यहरुको सदस्यता फाराम र शुल्क बुझाएमा आँफूले एक वर्ष काम गरेर सबै पदहरु खाली गर्ने र दोश्रो वर्षका लागि वैधाकिक रुपमा कँडेल समूहलाई बाटो खुला गरिदिन सहमत भएको थियो।
अब के हुन्छ?
आईसिसिको उच्च निकायबाट भएको अनुरोध भन्दा अब कोही बाहिर जना नसक्ने भए पछि अब पूर्व निर्धारित मितिमा आईसिसिका पदाधिकारीहरु सहमत उपस्थित भएर महाधिवेशन सम्पन्न हुने छ। यदि आईसिसिको आग्रह अनुसार महाधिवेशले विधान संशोधन गर्यौ भने केही पद सृजना गरी असन्तुष्ट पक्षलाई समितिमा ल्याउने वातावरण बन्ने छ।
नागरिक समूहमा म छैन ?
नागरिक समूहको नाममा आँफूलाई मुछेकोमा पूर्व क्षेत्रीय संयोजक चिरनजिवी ढकाल सहितकाले खण्डन गरेका छन। आँफु एनआरएनमा देखिएका विसंगिती सुधार्ने पक्षमा रहेको हो तर विधान र प्रकृया भन्दा बाहिर रहेर आफूँ कतै नलाग्ने बताएका छन ।उनले १५ तारीखमा अल्पाटनमा हुने अधिवेशनमा भब्य रूपमा सफल पार्नु पर्ने बताए ।
सँस्था की कम्पनी ?
आईसिसिले पत्रमा लेखे जस्तै अर्को सँस्था दर्ता नभएको कुरा कम्पनी र च्यारिटि हाउसको रेकर्डले देखाएको छ, जुन ईन्टरनेटमा उपलब्ध छ। २०१३ अगष्ट २८ मा दर्ता भएको NRN UK प्राईवेट कम्पनिमा कतै नाम नसुनिएका व्यक्तिको नाममा दर्ता छ । प्राईवेट कम्पनि भएकाले संस्थागत मान्याता पाउने सम्भवना छैन ।
Source-nepalbritain.com
प्रतिक्रिया