एनआरएनए यूकेको साधारणसभा नेपाली टीभीले प्रत्यक्ष प्रसारण गर्ने

एनआरएनए यूकेको साधारणसभा नेपाली टीभीले प्रत्यक्ष प्रसारण गर्ने


5thnrnaबेलायत । बेलायतबाट विश्वका ६५ देशमा प्रसारण भइरहको नेपाली टेलिभिजन यूकेले गैर आवासीय नेपाली संघ यूकेको साधारणसभा लाईभ शो गर्ने भएको छ । यही सेप्टेम्बर १५ गते आइतबार अल्पर्टन कम्युनीटि स्कुलमा हुने पांचौं साधारणसभा नेपाली टेलिभिजन अनलाईनमार्फत प्रत्यक्ष प्रसारण गर्ने नेपाली टीभीका प्रमुख मोहन गुरुङले जानकारी दिए । गुरुङका अनुसार साधारणसभाको शुरुदेखि अन्त्यसम्म नेपाली टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

एनआरएनए केन्द्रिय नेताहरुको उपस्थितिमा हुन लागेको साधारणसभामा बेलायतका विभिन्न स्थानबाट समाजसेवी तथा बुद्धिजीवीहरुको पनि उपस्थिति हुने बताइएको छ ।

एनआरएनए युकेका प्रवक्ता जीव वेल्वासेका अनुसार साधारणसभामा बेलायतस्थित नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसे, एनआरएन केन्द्रिय अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष क्या. हितमान गुरुङ, प्रमुख संरक्षक देवमान हिराचन, संरक्षक रामप्रताप थापा, डा. सूर्य सुवेदी, सल्लाहकार शेष घले, केन्द्रिय प्रबक्ता डा हेमराज शर्मा, युरोप संयोजक, कुमार पन्तलगायत सहभागी हुनेछन् । सो साधारणसभामा आर्थिक तथा वार्षिक प्रतिवेदन पेश गर्नुका साथै बिधानसमेत संसोधन गरिने भएको छ ।

यस अघि गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा योगन बहादुर क्षेत्री निर्विरोध चयन भैसकेका छन् । समितिका उपाध्यक्षद्धयमा कृष्ण तिमिल्सीना र बालकृष्ण गुरुङ, महासचिब, योगकुमार फगामी, सहसंयोजकमा संगीता मरहट्टा, कोषाध्यक्षमा डासु पाण्डे चयन भइसकेका छन । त्यस्तै सदस्यहरुमा हरि बहादुर थापा, गोपाल बहादुर गुरुङ, जय प्रकाश गुरुङ, अर्जुन कुमार कटुवाल, भीम गुरुङ, राम बहादुर गलामी, र फडिन्द्र भट्टराई आएका छन् । यसैगरी थर्क सेन, सुष्मा लिम्बू राई, पशुपति भण्डारी, बिजन भट्ट आइसीसी सदस्यमा निर्विरोध भइसकेका छन् ।-हरी थापा