लण्डन — केहि हप्तादेखि एनआरएन यूकेको विवादले एनआरएनप्रति चासो राख्ने बेलायतवासीहरुलाई हदैसम्म अन्यौल पारेको थियो । आज विहान केहि अबेर उठेको थिएँ । एक कप चिया लिएर ल्यापटप खोले । एकाबिहानै खगेन्द्र नेपालीको एनआरएनबारे फेसबुकमा पोस्ट देखे । अबेररातसम्म बसेको बैठकले दुई समूहबीच आपसी सहमति नभएको जानकारी पाएँ । केहिदिन यतादेखि ट्याक्स म्यासेजहरु, समाचारहरु, ईमेलहरु दुबै समूहबाट पाईरहेको थिएँ । केहिहप्ता अघि एनआरएनको अध्यक्ष बोक्ने रहर गर्ने व्यक्तिहरुलाई लक्षित गरि केहि लेखेको थिएँ । यहि रहरका कारण आज दुई भागमा विभाजित एनआरएनको दुई ठाउँमा ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । आपसी सहमतिमा आउन सकेको भए एनआरएन बेलायतले गति लिने थियो, तर, अब यी दुई समूहबीचको नौटङ्की खेल बेलायतवासीले हेर्नु बाँकी नै छ । दुईहप्ता अघिसम्म प्लमस्टिडमा अधिवेशन सम्पन्न हुने भनिएको एनआरएन यूकेको अधिवेशन अल्पर्टनमा हुने समाचार सम्प्रेषन गरियो, तर, महेन्द्र कण्डेल समूुहको भने त्यही प्लमस्टिड स्थित एसियन कम्युनिटी सेन्टरमा नै सम्पन्न हुने भनेर धमाधम ट्याक्स म्यासेज पाई रहेको थिएँ । दुवै समूहका नाईकेहरुबाट रच्नात्मक भूमिका निभाईदिनका लागि अनुरोध सन्देश् पनि मैले प्राप्त गरको थिएँ । अरुबेला सम्झन नहुने तर चुनाव र अधिवेशनको समयमा मात्र सम्झन गर्ने नेपाली नेताहरुको पुरानो शैली यहाँ पनि हावी भएको सबैले महशुस गरेका छन् । मैले दुबै समूहलाई मिलेर आउनुहोस भन्ने सुझाव दिएँ । आफ्नो जीवनको झण्डै पाँच दशक जति प्रवासमा नै जीवन बिताएको हुनाले डाक्टर उपेन्द्र महतोको पहलमा गैर आवासीय नेपाली संघको स्थापनालाई सकारात्मक कदम सम्झेको थिएँ र यस संस्थाले सम्पूर्ण प्रवासमा बस्ने नेपालीहरुका लागि ठुलो योगदान दिनेछ भन्ने धारणा राखेको थिएँ । त्यसैले संस्थापनकालबाट एनआरएन अभियानमा लागेको थिएँ । शुरुका समयहरुमा जुन ऊर्जा लिएर एनआरएनले गति लिएको थियो त्यो एक दशक बित्न नपाउँदै यसरी विवादै विवादमा गाँजिएला भनेर कसैले चिताएको थिएन । केहि राष्ट्रहरुलाई छाडेर अहिले व्यापक रुपमा विश्व भरि एनआरएन संस्थामा भाँडभैलो र अमेल रहेको हामीले देखिरहेका छौ । बेलायतको सन्दर्भमा यो नयाँ होईन । यसभन्दा अघिल्लो अधिवेशनहरुमा पनि धाँधली थिएन भन्न सकिन्न । जुन जोगी आयो कानै चिरुवा भने झै यहाँ नेतृत्वमा पुग्न सबैखाले अनैतिक तथा विधान विपरित कार्य गर्ने परम्पराले गर्दा अहिलेको विवाद र विभाजन भएको हो भन्ने मलाई लाग्छ । यसलाई एउटा समूहले ऐतिहासिक मानेको छ भने अर्को समूहले सफलताका साथ अधिवेशन सम्पन्न गरेको दावी गरेको छ । बेलायतमा खुलेआम पैसा तिरेर भोटर किन्ने नेतृत्वपङ्ती तथा भोटरहरु दश पाउण्डमा बिक्रि हुने जुन संस्कारले जन्म लियो यो एउटा लज्जास्प्रद कुरा हो । बदनामीको हिसाबमा पनि बेलायतले ऐतिहासिक किर्तिमान राखेको छ । पोहोर यतीको कुटाकुट, बेलायतको सबैभन्दा ठुलो मानिने तमुधिं लण्डन ईकाई तमु समाज यूकेमा रुपान्तरण हुनु र अहिले एनआरएनको भाँडभैलोले समाजमा रहेको विवादलाई पुष्टि दिएको छ । मलाई स्मरण छ डाक्टर उपेन्द्र महतो सन् २००५ सालमा सम्पन्न एनआरएन हङकङको अधिववेशनमा प्रमुख अतिथिको रुपमा आउँदा उनले एकपटक एनआरएनको सदस्यता लिईसकेपछि अर्को पटक सदस्य लिनु नपर्ने कुरा भनेका थिए । बेलायतको आजको अधिवेशन र विभाजनको चलखेल नौटङ्कीले एनआरएनको भावी मुखौटा अनिश्चित आकारको बनाएको छ । केहि स्वार्थी तथा व्यापारीवर्गको स्वार्थको कारणले गर्दा झण्डै डेढलाख नेपालीहरु बसोबास गर्ने बेलायती एनआरएन यसमोडमा आई पुगेको हो भन्दा अत्युक्
ति नहोला । १० सेप्टेम्बरको दिनमा बेलायतका केहि नागरिक समाजले बेलायतवासीहरुलाई समाचार मार्फत एनआरएनको विभाजन हुन नदिने अपिल गरेको लगत्तै अधिवेशन भिन्न स्थलहरुमा हुनेकुरा दुई समूहले घोषणा गरेका थिए । संस्थापन समूहले महेन्द्र कण्डेलले विधान विपरित कार्य गरेकाले बर्खास्त गरिएको पत्र सहित समाचर सम्प्रेषन गरिएको साथै केन्द्रबाट त्यस समूहलाई मान्यता नदिएको समाचार सम्प्रेषण भएको थियो । सञ्चारको माध्यमबाट यस घटनाक्रमलाई बढाई चढाई त्यसमाथि नुनचुक थपिदियो । यस घटनालाई लिएर मिडियावालाले आफ्नो विज्ञापन गर्नपनि चुकेनन् । अन्ततोगोत्व आज विभाजन भएर दुई वटा एनआरएन बेलायतको अधिवेशन भएरै छाड्यो । यस्तो विवादित परिस्थितिमा म कुनै समूहलाई सपोर्ट नगर्ने मेरो अन्तरदेखि नै विचार आयो । यद्यपि मेरो लण्डनको घरबाट अल्पर्टन टाढा भएको हुनाले तथा आफ्नै निजी काममा व्यस्त भएको हँुदा एक पटक केहि समाचार बुझ्न म आधा घण्टा जति प्लमस्टिडको अधिवेशनमा गएँ । एक जना मेरो मिडिया साथी अल्पर्टनमा गएका थिए । अल्पर्टन पुगेका मित्रले त्यहाँको समाचार मलाई फोन् मार्फत बताए । अध्यक्ष कुल आचर्यको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई संयोजक रामशरण सिम्खडाले सञ्चालन गरेका थिए । अधिवेशनमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डाक्टर चालीसे थिए । मित्रले फोन् मार्फत पाँच जना एनआरएन आईसीसीका सदस्यहरु सहित पूर्व निर्विरोध रुपमा घोषित गरेको कार्यकारी समितिको चयन भएको. कुरा बताएका थिए तथा डाक्टर हेमराज शर्माले नयाँ कार्यकारी समितिलाई शपथ ग्रहण गराएका थिए भनेर मलाई फोन्मा सूचित गरे उनले । त्यस अधिवेशनमा ९०० देखि हजार जनासम्मको सहभागिता रहेको कुरा जानकारी भएको थियो । म प्लमस्टिडको अधिवेशनमा पुगेको हुनाले केहि बढि सूचना प्राप्त भएको थियो । प्लमस्टिडको अधिवेशनमा झण्डै ६०० जनाजतिको सहभागिता रहेको मेले अन्दाज लगाएँ । महेन्द्र कण्डेलको अध्यक्षतामा भएको अधिवेशनलाई संयोजक राज कुमार त्रिपाठीले सञ्चालन गरेका थिए । सोधपुछ गर्दा ५६ वटा संघसंस्थाका व्यक्तित्वहरु अतिथिको रुपमा अधिवेशनमा उपस्थित भएको कुरा व्यवस्थापन समितिका एक जनाले बताएका थिए । संस्थाका सल्लाहकार विनोद ज्ञवालीको स्वागत मन्तव्य पश्चात संघसंस्थाबाट आमन्त्रित गरेर आएका धेरै जनाले आ—आफ्नो मन्तव्य प्रकट गरेका थिए । राजनीतिक दलहरुसंग सम्बन्ध राख्ने वक्ताहरुले आफ्नै राजनीतिक पार्टीको बढि विज्ञापन अनुभूती हुने मन्तव्यहरु पश्चात केहि संघसंस्थाकाले संस्थापन समूहप्रति रोष प्रकट गर्दै महेन्द्र कण्डेल समूहको नेतृत्वलाई समयले दिएको उपज हो भनेर समर्थन गरेका थिए । केहिले यो ऐतिहासिक महत्वपूर्ण घट्नाले पुरानो पात झरेको तथा नयाँ पात पलाएको संज्ञा दिएका थिए । यसरी सम्पन्न भएको महेन्द्र कण्डेल समूहमा पनि पाँच जना आईसीसी मेम्बर सहित पहिले नै महेन्द्र कण्डेलको अध्यक्षतामा गठित तदर्थ समिति नै निर्विरोध चयन गरेको थियो । आ—आफ्नो घोषणापत्र सहित आजको दिन बेलायतमा दुई वटा एनआरएनको अधिवेशन भएको देख्दा म दङ्ग परे ।
[youtube]L7sx463-L2s#t=1946[/youtube]
प्रतिक्रिया