सुपर आमा शूबाट १७औं बच्चा

सुपर आमा शूबाट १७औं बच्चा


supermumलण्डन – बेलायतको हालसम्म सर्वाधिक सन्तान जन्माएको परिवारमा १७औं बच्चाको आगमनबाट अझ एक जना सङ्ख्याको अभिबृद्धि हुँदैछ । रेडफोर्ड दम्पतिका अनुसार ३७ वर्षीय आमा शू रेडफोर्ड फेरि गर्भ रहेकी कुरा थाह लागेपछि परिवार अत्यन्त खुशी भएको कुरा दम्पतिले जनाएका छन् । उनले क्यासपर, सबैभन्दा कान्छो सन्तानलाई ११ महिना अघि जन्माएकी थिईन् । नवशिशु अब आउने अप्रिल महिनामा जन्मदैछ । नवशिशु परिवारका जेष्ठ सन्तान २४ वर्षीय ख्रिश, १९ वर्षीय सोफी, १८ वर्षीय क्लोय, १६ वर्षीय ज्याक, १४ वर्षीय ड्यानियल, १२ वर्षीय ल्यूक, १२ वर्षीय मिली, १० वर्षीय क्याटी, ९ वर्षीय जेम्स, ८ वर्षीय एली, ७ वर्षीय एइमी, ५ वर्षीय जोश, ४ वर्षीय म्याक्स, ३ वर्षीय टाइली, २ वर्षीय ओस्कर तथा कान्छो सन्तान क्यास्परसंग सामेल हुन आउँदैछ । श्रीमति रेडफोर्डले आफ्नो फेसबुक मार्फत १२ हप्ते गर्भको स्क्यान गरेपछि गर्भ रहेको कुराको सन्देश सम्प्रेषन गरेकी थिईन् । उनले सन्देशमा आफ्नो बच्चाहरु नयाँ शिशुको आगमनमा अत्यधिक रोमञ्चित भएको कुरा उल्लेख गरेकी छिन् । उनले आफ्नी सानी छोरी टाइलीले, “आमा तिम्रो पेटमा सानो नानी छ” भन्दा आफूलाई एकदमै राम्रो लागेको समेत उल्लेख गरेकी छिन् । श्रीमति रेडफोडले १४ वर्षको उमेरमा पहिलो चोटि ठुलो सन्तान ख्रिशलाई जन्माएकी थिईन् । उनको परिवारलाई फेसबुक मार्फत बधाईको ओइरो प्राप्त भईरहेको छ । पोहोर साल श्रीमति शू रेडफोर्ड र उनका पति नोयल रेडफोर्ड हजुरबा तथा हजुरआमा समेत बनीसकेका छन् । उनिहरुका १९ वर्षीय छोरीबाट पोहोरसाल डेजी नामकी एक जना नातीनी जन्मेकी छिन् । ल्याङ्काशायर, मोरक्याम्बे निवासी रेडफोर्ड दम्पतिले ब्याकारी व्यवसाय चलाउँदै आएका छन् । परारसाल टीभी च्यानल फोर मार्फत बेलायतका ठुलो परिवारहरुका बारेमा टीभीको माध्यमबाट प्रसारण गर्नेक्रममा रेडफोर्ड दम्पति १५ जना सन्तानहरु सहित त्यस सूचीभित्र प्रसारणमा परेको थियो । विश्वको सबैभन्दा ठुलो परिवार, ९४ जनाको परिवार भारतवर्षमा छ भनिन्छ । श्रोत – मेट्रो