एनआरएन यूके(संस्थापन पक्ष)को ५औ अधिवेशन सम्पन्न

एनआरएन यूके(संस्थापन पक्ष)को ५औ अधिवेशन सम्पन्न


nrnuk5thलण्डन । गत १५ सेप्टेम्वरका दिन अलपटन कम्युनिटि स्कुलको सभाहलमा एनआरएनए यूकेको ५औ अधिवेशन सम्पन्न भएकोछ । वर्तमान अध्यक्ष कूल आचार्यको सभापतित्व र बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जिवा लामिछानेको प्रत्यक्ष शुभकामना र यो पक्षलाई नै अन्तर्राष्ट्रिय समन्वय परिषदले मान्यता दिने भन्ने सन्देश दिएका थिए । कार्यक्रममा यूकेवासी नेपालीको उल्लेख्य सहभागिता रहेको अन्दाजी ९००को हाराहारीमा उपस्थित देखिन्थ्यो । अन्तर्राष्ट्रिय समन्वय परिषदका अधिकांश पदाधिकारी यस कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमको संचालन गरिरहेका राष्ट्रिय संयोजक रामशरण सिंखडाले संस्थाको प्रगति विवरण दिँदै, गएका दुई वर्षमा भए गरेका कामको जानकारी सहभागीहरुलाई दिएका थिए भने साथै वढो आकर्षक फोटो सहितको प्रगति विवरण पुस्तिकासमेत वितरण गरेका थिए । संस्थाका कोषाध्यक्ष दिलरास गुरुङ्ले वाहिर एनआरएन विरोधीहरुले फिँजाएको आर्थिक अनिमियता वा रकम हिनामिना भएको छ भन्ने कुराको जवाफ दिने मनसायले संस्थाको हिसावकिताव दुरुस्त र एक पैसा पनि हिनामिना नभएको प्रमाणसहित बैक स्टेटमेण्ट देखाएर आजसम्म एनआरएनको बैक खातामा त्रियासी हजार पौण्ड वचत भएको जानकारी सभामा दिए । उनको आर्थिक विवरण हेर्दा एनआरएन यूकेले कुनै आर्थिक हिनामिना गरेको आभास कतैबाट पाउन सकिँदैन ।
कार्यक्रममा बेलायतका सबै प्रमुख संचार र संचारक्रमीहरुको उपस्थिति थियो र केहीले सीधा प्रसारणसमेत गरेका थिए । कार्यक्रमलाई तीन चरणमा विभाजन गरी संचालन गरिएको थियो । पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि र सभापतिबाट संयुक्त पानसमा बत्ती बालेर शुभारम्भ गरिएको थियो । त्यसपछि लगत्तै विभिन्न संघसंस्थाले शुभकामना दिने थियो जसमा सर्वप्रथम वुलवीच समाजका अध्यक्ष डा राम कुमार अधिकारीबाट भएको थियो । बेलायतमा रहेका सामाजिक संस्थाहरुमा अपवादका रुपमा एक दुई जातीय संस्थाबाहेक सबैका प्रतिनिधिहरु थिए र केहीलाई शुभकामना व्यक्त गर्ने समय दिइएको थियो । दोश्रो चरणमा संस्थाको प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत थियो । प्रगति प्रतिवेदन प्रस्तुत गर्दा राष्ट्रिय संयोजक रामशरण सिंखडा बेला बेलामा अलि बढी जोशमा र बेला बेलामा अलि बढी भावुक भएका देखिन्थे । संस्थाका कोषाध्यक्ष दिलरास गुरुङले संस्थाले आजसम्म गरेको आर्थिक कारोवार एकदम पारदर्शी तवरबाट प्रस्तुत गरेका थिए भने सोही समयमा चार सदस्सीय आर्थिक अनिमियता छानविन समिति बनाई यदि कुनै प्रकारको अनिमियता भएको भए औल्याई सभा सामुन्ने ल्याई दिनसमेत भनिएको थियो । दुवै प्रतिवेदनलाई सभाले पारित गरिदिएको थियो ।
5thnrnukतेश्रो तथा अन्तिम चरणमा, पुरानो समिति भंग, नया समितिको घोषणा र मनोरंजन कार्यक्रम थिए । औपचारिकता मात्र निभाउनु पर्ने नया समितिको घोषणा (सबै पद योगेन बहादुर क्षेत्रीको नेतृत्वमा निर्विरोध भएको यसै वेब पत्रिकाको यो समाचारमा प्रकाशन गरिसकिएको छ । अधिवेशनले विधान संसोधन गरी थप गरिएको एक जना महिला उपाध्यक्ष पदको उपयोग गर्दै शान्ति थापा कुँवरलाई मनोनयन गरेको छ । नयाँ कार्य समितिको तत्काल बसेको बैठकले थप सदस्यमा बबिता लामा र तस्बीर लामालाई पनि मनोनित गरेको छ । अन्तमा नव गठित कार्य समितिलाई निर्वाचन समिति संयोजक डा हेमराज शर्माले पदको शपथ ग्रहण गराएका थिए । यसरी सम्पूर्ण कार्यक्रमको समीक्षा गर्दा अधिवेशन कार्यक्रम भव्य रुपमा सफल र प्रक्रियागत भएको देखियो ।
तर दुर्भाग्य सोही समयमा सोही तरिकावाट पल्मस्टिडमा पनि महेन्द्र कंडेलले अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाह र अन्तिम समय सम्मको मिलाएर लाने प्रयासलाई अस्वीकार गर्दै अर्को समिति पनि खडा गरेका छन् । जसको विवरण हाम्रा सहकर्मी सुमलजीले आफ्नो कलमवाट प्रस्तुत गरेका छन् ।

https://www.youtube.com/watch?v=NaHhG8KBpmQ