प्लमस्टिड शुभकामना साँझमा मौसमी

प्लमस्टिड शुभकामना साँझमा मौसमी


Mashami gurungलण्डन – दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको आयोजनामा शनिवार, ०५ अक्टूबर २०१३को दिन थेम्समिड स्थित डोरिक कम्यूनिटि सेन्टरमा सांगीतिक शुभकामना साँझ निकै हर्षोल्लासको साथ मनाईएको थियो । यस कार्यक्रमको संयोजक दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको हाउजिङ कमिटिका संयोजक श्रीचन्द्र गुरुङ थिए । यस मनोरञ्जनात्मक कार्यक्रमको मुख्य ध्येय सामुदायिक भवनको लागि चन्दा सङ्कलन गर्नु रहेको थियो । यस कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएकी चर्चित गायिका मौसमी गुरुङ रहेकी थिईन । यस कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो जोड्दार प्रस्तुति दिएका थिए । कार्यक्रम साविकको समयभन्दा आधाघण्टा जति ढिलो सञ्चालन भएतापनि का्रर्यक्रमको सूची अनुरुप सबै कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिन भ्याएका थिए । कार्यक्रमलाई सुर्य गुरुङ र योगेश गुरुङले सञ्चालन गरेका थिए । सोचेभन्दा बढि कार्यक्रममा दर्शकहरुको सहभागिता रहेको थियो । श्री चन्द्र गुरुङको छोटो मन्तव्यपछि शुरु भएको कार्यक्रम स्थानीय कलाकार ओम प्रधान तथा उनका छोरा सुधीर प्रधानका सुमधुर गीतहरुबाट शुरु भएको थियो । यस कार्यक्रममा एकमात्र नृत्य रेखा तमाङले प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा ओम प्रधान, सुधीर प्रधान, शर्मिला थकाली, धनु गुरुङ, ले.रि. असबहादुर तथा साथीहरु र यस कार्यक्रमको मुख्य आकर्षण मौसमी गुरुङले आफ्नो सुपरहिट गीतहरु गाएर दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेकी थिईन् । कार्यक्रमको अर्को आकर्षण धनु गुरुङ, असबहादुर गुरुङ तथा साथीहरुले प्रस्तुत गरेका लोकदोहोरी गीत थियो । नेपाली कायदाको अर्को रुपपनि त्यहाँ देख्न पाईएको थियो । मौसमी गुरुङको गीतमा मुग्ध भएर दर्शकहरुबाट उनलाई पैसाको शिरपाउ गरिएको थियो । कार्यक्रमको दौरान केहि अघि स्वर्गारोहण भएकी आमाको अन्तिम संस्कारको दौरान सङ्कलित रकम ११२९ पाउण्ड समाजको सामुदायिक भवन निर्माणको लागि उनका छोरा पान बहादुर गुरुङले संयोजक श्रीचन्द्र गुरुङलाई हस्तान्तरण गर्दा हल तालीको गड्गड्हाट गुञ्जयमान भएको थियो । यो एउटा राम्रो उदहारण सबैले महशुस गरे । कार्यक्रमकै दौरान सहभागी सबै कलाकारहरुलाई समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले खादा ओढाएर सम्मानित गरेका थिए र सबै सहभागीहरुलाई उनले कृतज्ञता प्रकट गर्दै धन्यवाद प्रकट गरेका थिए । अबेर रातीसम्म गीतको आनन्द लिदै लगभव सबै सहभागीहरु हलभरि नाचेर मनोरञ्जन लिईरहेका थिए ।