लण्डन – दुई दशकभित्रको सबैभन्दा ठूलो आँधीबेहरीको कारणले बिशेष गरी बेलायतको पूर्व तथा दक्षिणक्षेत्रमा ठूलो क्षति पुर्याएको छ । आँधीबेहरीको प्रभावबाट २२०,००० घरहरुका विद्युत सप्लाई बन्द भएको छ । आँधीबेहरीबाट रुख ढल्दा केन्टमा एक जना १७ वर्षिय युवतीको मृत्यु भएको छ । नेटवर्क रेल विभागले सोचेभन्दा बढि क्षति भएको कुरा बताएको छ । आज हिथ्रोबाट उडान भर्ने १३०वटा फ्लाईटहरु क्यान्सल गरेका छन् । मेट अफिसका अनुसार आज बिहान पाँच बजे निडल्स ओल्ड ब्याटरीमा रेकर्ड गरेको हावाको गति प्रत्तिघण्टा १५९ किलोमिटर रहेको बताएको छ । वातावरण विभागले ईङ्गल्याण्डको दक्षिणपूर्व, दक्षिणपश्चिम क्षेत्र र वेल्शका केहि क्षेत्रमा १५२ वटा बाढी आउन सक्ने सूचना सम्प्रेषन गरेर सतर्क गरेको छ । नेटवर्क रेलले सयवटा भन्दा बढि रुखहरु रेलको पटरीहरुमा ढलेकाले गर्दा रेल यातायात ठप्प भएको जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रहरुमा यातायात अवरोध भएको कारणले गर्दा यात्रुहरुलाई आ–आफ्नो गन्तव्यसम्म पुग्न कठिन भईरहेको खबर बीबीसीले बराबर खबर दिईरहेको छ । दिनको दसबजे पश्चात आँधीबेहरीको प्रभाव शिथिल बन्दै जाने खबर सम्प्रेषण गरेको छ ।
प्रतिक्रिया