आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०७६ मंगलबार, ३० अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०७६ मंगलबार, ३० अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सम्वत् ११३९ वि.सं. २०७६ वैशाख १७ गते मंगलबार तद्अनसार सन् २०१९ अप्रिल ३० तारिख वैशाख कृष्णपक्ष एकादशी तिथि शतभिषा नक्षत्र ८ः१४ पर पूर्वाभाद्रपद नक्षत्र ऐंद्र योग बब करण १०ः५७ पर कौलव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । शुभ समय अभिजित– ११ः३५ देखि १२ः२८, राहु काल– १५ः१९ देखि१६र५८,दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – दैनिक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेमसुख बढ्नेछ । विद्या–बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइ बीच आमोदप्रमोदमा रमीरहनुहुनेछ । राजकाज होला । रचनात्मक कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला । पारिवारिक सुखशान्ति बढ्ला ।

मिथुन राशि – यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । दैनिक कर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला । आरोग्यता बढ्ला । मान महत्व बढ्नेछ । सामर्थ्य बढ्नेछ । रोकिएको धन उठ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । ऊर्जा बढ्नेछ । सुख शान्ति ऐश्वर्य बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखकारी रहला । मान प्रसिद्धि बढ्नेछ ।

कर्कट राशि – भागदौड व्यस्तता रहला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । अरुको भर नपर्नु उचित हुनेछ । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला । जोखिममा नपर्नु बेस होला ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेटिनेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धक काम बन्ला । उनन्ति–पदोन्नति हुनेछ । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठोभोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि – मान वृद्धि हुनेछ । सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । शैक्षिक, बौद्धिक, साहित्यीक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । शुभतासित सम्बन्धित कार्यमा रुचि बढला । सुखशान्ति बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।

वृश्चिक राशि – समस्याको समाधान मिल्नेछ । कठोर प्रयास र परिश्रम गर्नु पर्नेछ । भागदौड लागि रहनेछ । जोखिममा पर्नु र विवादमा लाग्नु उचित नहोला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारीक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान महता बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । आँट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ लालच इर्ष्या–द्वेषमा नियन्त्रण राख्नु पर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुने छैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।

मीन राशि – समस्याको समाधान मिल्नेछ । बढी मिहीनेत गर्नु पर्नेछ । मान महत्वमा वृद्धि हुनेछ । विवादमा नपर्नु उचित होला । भागदौड व्यस्तता लागि रहनेछ । आफ्नै बल–विवेकले काम गर्नु उचित होला । धैर्यले काम लिनु हितकर रहला । हासविलासमा आकर्षण होला ।