नयाँशक्ति र फोरमबीच एकताको तयारी

नयाँशक्ति र फोरमबीच एकताको तयारी


उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रिया अघिबढेको छ । दुवै दलका शीर्ष नेताहरूबीच छलफल अघि बढेको फोरमका निर्वाचन समिति प्रमुख शिवजी यादवले बताएका छन् ।

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ, शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ, तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । गत निर्वाचनकै समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निश्कर्षमै पुग्नेगरी निकै अगाडि बढेको दाबी गरिएको छ ।