बिन्दु अधिकारीको ‘कोपिलाका सुगन्ध’ सार्वजनिक

बिन्दु अधिकारीको ‘कोपिलाका सुगन्ध’ सार्वजनिक


देशमा विभिन्न क्षेत्रमा राम्रो योगदान दिएका व्यक्तिहरुको बालपनलाई समेटेर तयार पारिएको संस्मरण ग्रन्थ ‘कोपिलाका सुगन्ध’ सार्वजनिक भएको छ । लेखिका विन्दु अधिकारी ढकालको यो कृति तेस्रो हो । राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यसमेतले यो कृतिको विमोचन गरे । पुस्तकमा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, डा. आशा सिंह, गुणराज लुइँटेल, परशु प्रधान, प्रकाश सपुतसमेतका चर्चित व्यक्तिको बालापनका अनुभव समेटिएको छ ।

४९ जना व्यक्तिको बालापन समेटेर पुस्तक तयार पारिएको लेखिका बिन्दुले बताइन् । करिस्मा मानन्धर, प्राडा कृष्णहरि बरल, केदार घिमिरे, गंगा सुवेदी, गीता केशरी, डा. चन्द्रमणि अधिकारी, जितु नेपाल, ढुण्डीराज शास्त्री, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सपना मल्ल, सीताराम कट्टेल, मेलिना राई, मोदनाथ प्रश्रितका बालापन पनि यो पुस्तकमा अटाइएका छन् ।

यस्तै प्रतिभा राणा, भवानी राणा, पारस खड्का, डा. शान्तराज सुवेदी, मनोज गजुरेल, महावीर पुन, यादव खरेल, प्राडा युवराज संग्रौला, ब्याकुल माइला, शशि शाह, शंकरप्रसाद कोइरालाका बालापन पनि यो पुस्तकमा पढ्न पाइन्छ ।

लेखिका विन्दुले यसअघि कथा र कविता संग्रह सार्वजनिक गरिसकेकी छन् । यो पुस्कतको प्रकाशक ऋषिका ढकाल हुन् । लेखिका प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) भिमप्रसाद ढकालकी श्रीमती हुन् ।