११७ वर्षीया बाटुली लामिछाने अभिनन्दित

११७ वर्षीया बाटुली लामिछाने अभिनन्दित


माताको मुख हेर्ने दिनको अवसर पारेर नेपाल निजामती कर्मचारी सङ्गठनले नेपालको सबैभन्दा ज्येष्ठ नागरिक ११७ वर्षीया नुवाकोटकी बाटुली लामिछानेलाई अभिनन्दन गरेको छ ।

आज (शनिबार) आयोजित कार्यक्रममा नुवाकोटको ककनी गाउँपालिका प्रमुख मानबहादुर लामाले लामिछाने जीवित इतिहास भएको उल्लेख गर्दै पालिकाको तर्फबाट मासिक १० हजार र व्यक्तिगत तर्फबाट पाँच सय उपलब्ध गराउने घोषणा गर्नुभयो ।

सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले लामिछानेलाई नेपाल सरकारबाट ज्येष्ठ नागरिक सम्मान दिलाउन र ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने बताउनुभयो ।

सिन्धुपाल्चोकको बाँसबारी गाविस वडा नं १, गिरानचौरमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट विसं १९५९ चैत्र १० गते जन्मनुभएका लामिछाने हाल साविक ककनी गाविस वडा नं ८ मा बस्दै आउनुभएको छ ।

rss