ग्लोबल आइएमईद्वारा निःशुल्क आँखा जाँच शिविर

ग्लोबल आइएमईद्वारा निःशुल्क आँखा जाँच शिविर


ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा यही वैशाख १४ गते आँखा जाँच शिविर सम्पन्न भएको सो बैंकले जनाएको छ ।

बैंकको तर्फबाट आँखाका रोगीलाई निःशुल्क औषधी तथा दृिष्टदोष भएका बिरामीलाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको विराटनगर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।

न्युन आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको बैंकको भनाई छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको दाबी गरेको छ ।