अविवाहिताले जन्माएको शिशुले अन्त्यष्टिको बेला स्वास फेरेपछि…

अविवाहिताले जन्माएको शिशुले अन्त्यष्टिको बेला स्वास फेरेपछि…


एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल लगिएको घटना यतिबेला चितवनमा चर्चामा छ ।

चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई चिकित्सकले उपचार सम्भव नभएको जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् ।

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ । युवती अविवाहिता भएकीले उनको नाम र ठेगना गोप्य राखिएको प्रहरीको भनाई छ । उक्त शिशुको सोमबार अपरान्ह १२ः३०मा निधन भएको बुझिएको छ ।