चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने

चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने


चितवन मेडिकल कलेजमा मिर्गाैला प्रत्यारोपण हुने भएको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो ।

मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आउँदो एक महीना भित्रमा प्रत्यारोपण थालिने जानकारी दिए । सो अस्पतालमा हाल एकसय बिरामीले मिर्गाैलाको डायलासिस गराउँदै आएका छन् ।

उनका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समूह तयार छ भने आबश्यक उपकरण जडान भइसकेको छ । प्रबन्ध निर्देशक न्यौपानेले त्यहाँ डायलासिस गर्दै गरेका सबैजसो बिरामीको मिर्गाैला प्रत्यारोपण गर्न सकेमा खर्च घट्ने र आयु बढाउन सकिने बताए ।

अस्पतालमा हाल दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा गराइरहेकामा भर्ना भएर करीब ५०० जनाले उपचार गराइरहेका छन् । अस्पतालको सघन उपचार कक्षमा १० शैय्या छ । मेडिकल कलेजमा हाल २६ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

rss