- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंस ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्म ऋतु वि.सं. २०७६ ज्येष्ठ १३ गते सोमबार तद्अनुसार सन् २०१९ मई २७ तारिख ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि १०ः३ पर नवमी तिथि शतभिषा नक्षत्र १५ः२६ पर पूर्वाभाद्रपद नक्षत्र वैधृति योग १२ः३७ पर विषकुम्भ योग कौलव करण १०ः३पर गर करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५१ मा हुनेछ । गोरखकाली पूजा । शुभ समय अभिजित ११ः३३ देखि १२ः२८ । राहु काल– ६ः५२ देखि ८ः३५, दिशा शूल– पूर्व ।
आजको राशिफल :
मेष राशि – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।
बृष राशि – शुभ काममा सफलता प्राप्त होला । इष्टमित्र एवम् सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्मकर्ममा रुचि बढ्ला ।
मिथुन राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला । मिठो भोजन मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।
कर्कट राशि – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला । आयस्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुखशान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।
सिंह राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । साहसिक कार्यमा सफलता मिल्नेछ । आशा उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।
कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान–पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेम पात्रको माया–ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।
तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड चलिरहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र एवम् सन्तति सुख मिल्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक राशि – विवादप्रति सचेत भई अरुको भरमा नपरी काम गर्नु हितकर रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित सन्नतान सुख बढ्ला ।
धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।
मकर राशि – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।
कुम्भ राशि – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछा ।
मीन राशि – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको वस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।
प्रतिक्रिया