आजको पञ्चाङ्ग एवम् राशिफल (१३ जेष्ठ २०७६ सोमबार, २७ मई २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ जेष्ठ २०७६ सोमबार, २७ मई २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योतरायणे श्रीशाके १९४१ ग्रीष्म ऋतु नेपाल सं. ११३९ वि.सं. २०७६ ज्येष्ठ १४ गते मंगलबार तद्अनुसार सन् २०१९ मई २८ तारिख ज्येष्ठ कृष्णपक्ष नवमी तिथि १२ः१ पर दशमी तिथि पूर्वाभाद्रपद नक्षत्र १७ः५७ पर उत्तराभाद्रपद नक्षत्र विषकुम्भ योग १३ः१३ पर प्रीति योग कौलव १२ः५० पर गर करण १२ः०१ पर भद्रा करण आनन्दादिमा काण योग चन्द्रमा कुम्भ राशिमा ११ः२१ बजेसम्म पछि मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ । शुभ समय अभिजीत ११ः३४ देखि १२ः२९ । अशुभ समय राहु काल– १५ः२७ देखि १७ः१०, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी बढ्ला ।

बृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज–भतेरमा भाग लिनुहुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – धर्मकर्ममा रुचि बढ्ला । आर्थिक सफलता प्राप्त होला । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख समृद्धि बढ्ला । उन्नति पदोन्नति हुनेछ । बढी मिहीनेतले कार्य बन्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित अनुकूलता वृद्धि होला ।

सिंह राशि – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्ला । अस्तव्यस्ततामा वृद्धि हुनेछ । कठोर परिश्रमले काममा विजय प्राप्त होला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । देखिएको समस्या समाधान हुनेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला राशि – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान–सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राखी जोखिम आदिप्रति सचेत भएर काम गर्नु हितकर रहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक राशी – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तति सुख बढ्नेछ । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु राशि – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर राशि – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।

मीन राशि – आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आंट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।