आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०७६ बिहीबार, ३० मई २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०७६ बिहीबार, ३० मई २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सम्वत ११३९ ग्रीष्म ऋतु वि.सं. २०७६ ज्येष्ठ १६ गते विहीबार तदानुसार सन् २०१९ मई ३० तारिख ज्येष्ठ कृष्णपक्ष एकादशी तिथि १५ः०८पर द्वादशी तिथि रेवती नक्षत्र आयुष्मान योग १३ः४८ पर सौभाग्य योग बालब करण १५ः०८ पर तैतिल करण आनन्दादिमा मित्रयोग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । शुभ समय अभिजित– ११ः३४ देखि १२ः२९, अशुभ समय राहुकाल– १३ः४४ देखि १५ः३०, दिशा शूल– दक्षिण । अपराएकादशीव्रत ।

आजको राशिफल :

मेष राशि – स्वास्थ्य र नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांस–विलासमा रुचि बढ्ला । मान–सम्मानमा ध्यान राख्नुपर्ला । हुन त घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभ–लालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस हुनेछ । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापर्वाही नगर्दा बेस रहला ।

बृष राशि – अन्नधन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन राशि – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग–समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न हुनेछ । कर्कट राशि – ग्रहगोचर भाग्यवर्द्धक छ । इष्टमित्र सन्तानसुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान–सम्मान बढ्नुको साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ–नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागिपर्नुहुनेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नलाग्दा उचित हुनेछ । स्वास्थयमा सचेत रहनुपर्ला । नियम कानुन उपेक्षा गर्नु उचित हुनेछैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा नम्रता राख्नु बेस रहला । चोरी–ठगी विश्वासघात हुनेमा सचेत रहनुपर्नेछ । विवाद आदिप्रति पनि विचार रहनुपर्नेछ । भागदौड व्यस्तता चलिरहनेछ ।

कन्या राशि – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख–सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठोभोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याती फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्व पुरस्कार पाउनुहुनेछ ।

वृश्चिक राशि – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुखशान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल–विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुनेछैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आँखा चिम्लेर अरुमाथि भर पर्नु उचित हुनेछैन ।

मकर राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन राशि – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनुहुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।