नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दल नेकपा प्रवेश गर्ने आफ्ना पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई दलाल पुँजीपति सरकारको मतियार भएको आरोप लगाएको छ ।
आइतबार सत्तारुढ नेकपामा प्रवेश गरेपछि राईलाई कारबाही गरिएको पनि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राईलाई आजै सत्तारुढ नेकपामा अध्यक्ष प्रचण्डले प्रवेश गराएका थिए । पार्टी प्रवेशका अवसरमा राईले द्वन्द्वले मुलुकलाई फाइदा नपुग्ने भएकोले आफू नेकपाका प्रवेश गरेको बताएका थिए । पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव पनि नेकपामा आउने दाबी गरेका थिए ।
प्रतिक्रिया