विप्लव नेतृत्वको नेकपाले आइतबार राति सोलुखुम्बुस्थित प्रहरीचौकीमा आक्रमण प्रयास गरेको भनी प्रसारित समाचार आफ्नो पार्टीमाथिको नियोजित षड्यन्त्र भएको सो पार्टीले जनाएको छ ।
आइतबार विहानैदेखि विभिन्न सञ्चारमाध्यमहरुबाट नेकपाले प्रहरीचौकीमाथि आक्रमण गर्ने प्रयास गरेको समाचार प्रसारित भएको थियो । यसप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रष्टोक्तिसहित नेकपाका प्रवक्ता प्रकाण्डले सो समाचार सुनियोजित षडयन्त्रको उपज भएको दाबी गरेका हुन् ।
सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको र पूर्वी नेपालमा दमन गर्ने बहानास्वरुप सरकारले यस्तो षडयन्त्र गरेको प्रकाण्डको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया