बजेट : सत्तापक्ष बचाउ गर्दै, प्रतिपक्ष विरोध जनाउँदै

बजेट : सत्तापक्ष बचाउ गर्दै, प्रतिपक्ष विरोध जनाउँदै


प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले दलीय दृष्टिकोणका साथ आ–आफ्नो धारणा राखे ।

सत्तारूढ दलका सांसद खगराज अधिकारी, विरोध खतिवडा, पद्मनारायण चौधरी, विशाल भट्टराई, नवराज सिलवाल, महेश्वरजङ्ग गहतराज र यज्ञराज सुनुवारले समग्रमा बजेट राम्रो भएकाले विरोधका लागि विरोध नभई सकारात्मक आँखाबाट हेर्न प्रतिपक्ष दलका सांसदहरुलाई आग्रह गरेका थिए । उनिहरुले बजेट कडाइका साथ कार्यान्वयन भए बजेटबाट परिणाम हासिल हुने विषयमा कुनै आशङ्का नरहने जिकिर गरे ।

प्रतिपक्षी दलका नेताहरुले सरकारले ल्याएको बजेटले राजश्वबाट चालू खर्च धान्न मुस्किल परिरहेको अवस्थामा बजेटमार्फत जनतालाई अनावश्यक सपना बाँडेर भ्रममा पारेको आरोप लगाए । नेपाली काङ्ग्रेसका भीमसेनदास प्रधान, प्रदीप गिरी, बहादुरसिंह लामा, अमरेशकुमार सिंह र मीना सुब्बाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलव्ध गराउने र ७० वर्षभन्दा माथिका जनतालाई शत्प्रतिशत पु¥याउने विषय सपनाका पोका रहेको बताए ।

बैठकमा सांसदहरु क्रमशः कृष्णभक्त पोखरेल, सन्तकुमार चौधरी, मानबहादुर विश्वकर्मा, कुमारी तुल्सा थापा, गङ्गा चौधरी, दुर्गा पौडेल, लालप्रसाद सावा लिम्बू, सरिताकुमारी गिरी, दुर्गाकुमारी विश्वकर्मा, मैनाकुमारी भण्डारी, हरिराज अधिकारी, दीपक प्रकाश भट्ट, यज्ञबहादुर वोगटी, बीना बुढाथोकी, चन्द्रकान्त चौधरी र बिमला नेपालीले पनि बजेटका राम्रा र कमजोर पक्षहरुमाथि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्का बैठक आज मङ्गलबार दिनको ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।