काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम)को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ । सवारी चालकसहित अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनु नमस्तै भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।
उपत्यकामा रहेका ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग, पोष्टलगायत सबैलाई निर्देशनसहितको सर्कुलर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । ‘सेवाग्राहीसँग हात मिलाउनुभन्दा पनि नमस्ते गर्नु राम्रो मानिन्छ । सोही अनुसार हामीले मातहतका निकायहरुलाई ड्युटीको समयमा नमस्ते गर्नु होला भनेर सर्कुलर जारी गरेका छौँ’, उनले भनेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको उक्त सर्कुलरमा कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नुरगराउनु भन्ने निर्देशन दिइएको छ ।
प्रतिक्रिया