आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०७६ शुक्रबार, ७ जुन २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०७६ शुक्रबार, ७ जुन २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्म ऋतु वि.सं. २०७६ ज्येष्ठ २४ गते शुक्रबार तद्अनुसार सन् २०१९ मई ७ तारिख ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि ९ः३५ पर पञ्चमी तिथि पुष्य नक्षत्र ध्रुव योग भद्रा करण ९ः३५ पर बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । शुभ समय अभिजित ११ः३५ देखि १२ः३० । अशुभ योग राहुकाल– १०ः१९ देखि १२ः३ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा राशिदेखि चतुर्थ स्थानमा भ्रमणशील छ । ग्रहगोचरको प्रभावस्वरुप कठोर मिहीनेत गर्नुपर्नेछ । आयस्रोतमा बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । भोगविलासमा प्रवृत्ति बढ्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला ।

बृष राशि – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्त सुख बढ्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झण्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन राशि – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट राशि – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीत–संगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह राशि – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग–विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या राशि – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला राशि – कार्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – शुभता बढ्ला । मनोकुलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापर्नु सँगसँगै आशा–उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भई योजनानुसार काम गर्नु बेस होला ।

धनु राशि – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।

मकर राशि – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख–आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ राशि – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन राशि – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोतरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तान सुख बढ्ला ।