साताको राशिफल (२५–३१ जेठ २०७६, ८–१४ जुन, २०१९)

साताको राशिफल (२५–३१ जेठ २०७६, ८–१४ जुन, २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्य

साता (२५–३१ जेठ)को विशेष चाड–पर्व :

शनिबार– कुमारषष्ठी, भक्तपुरे चण्डीभगवती यात्रा । आईतबार– रविसप्तमी व्रतम, कुमार यात्रा । सोमबार– अष्टमीव्रतम, गोरखकाली पूजा । बुधबार– गंगादशहरा, रामेश्वर पूजा, हत्यामोचनतीर्थे स्नान, रुरु क्षेत्रे ऋषिकेशोत्सव, वेहडाबाबामा जलार्पण, बज्रगुरु पद्मसंभव जयन्ती, बालश्रमविरुद्धको दिवस । विहीबार– निर्जला एकादशी व्रतम, तुलसीबीजारोपणं । प्रदोषव्रतम, उच्च रक्तदाता दिवस ।

साताको राशिफल :

मेष राशि – शनिबार आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काम बन्नेछ । आइत, सोमबार र मंगलबारतिर मान–महत्व बढ्नेछ । आयस्रोत बढ्ला । सुख शान्ति वृद्धि होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । बुधबार र बिहीबार सफलता मिल्नेछ । शारीरिक र आर्थिक बल वृद्धि होला । सुख आनन्दमा पनि रुचि बढ्ला । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा सहभागी हुनुसँगै मान–पुरस्कार पनि मिल्नेछ । शुक्रबार सुख शान्ति समृद्धि आनन्द बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ र देखापरेको समस्याको समाधान मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

बृष राशि – साताको प्रारम्भिक दिनमा धन बढ्ला । आशा–उत्साह बढ्ला । दोस्रो र तेस्रो दिन लाभदायक र अन्नधन वर्द्धक रहनेछन् । मान महत्व बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । विवाद आदिप्रति सचेत रहनु हितकर होला । चतुर्थ, पाँचौं र छैठौं दिनमा घुमफिर गर्नु हुनेछ । हांसविलासमा आकर्षण बढ्नुको साथै सुख सुविधाको वस्तु बढ्नेछ । सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । साहसिक र यात्रापरक कार्यमा प्रवृत्ति बढ्ला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सातौं दिनमा विकासको नयाँ सम्भाबना देखापर्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला ।

मिथुन राशि – साताको प्रारम्भिक दिनमा अन्नधन वृद्धि होला । त्यसपछिका दुई दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेमको क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै मित्रवर्गको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । चौंथो र पाँचौं दिनमा व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । छैठौं दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनुपर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ, तथापि आरोग्यता र धन सम्पत्ति बढ्नेछ । सातौं दिनमा मनोकूलको काम होला ।

कर्कट राशि – साताको प्रारम्भिक दिन शुभ रहला । दोस्रो र तेस्रो दिनमा अन्नधन बढ्नेछ । चौंथो र पाँचौं दिन शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश बर्चश्वमा वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । छैठौं र सातौं दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । विवाद आदिमा नपर्नु हितकर होला ।

सिंह राशि – साताको प्रारम्भिक दिनमा यात्रा होला । खर्च बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । दोस्रो, तेस्रो र चौंथो दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनु हुनेछ । धर्मकर्ममा प्रवृत रहनु हुनेछ । मान पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ । धन सम्पत्ति प्राप्ति हुने सम्भावना रहनेछ । सुख सुविधा बढ्नेछ । पाचौं र छैठौं दिनमा विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । मिठो भोजन मिल्नेछ । सातौं दिनमा आंट उत्साह बढ्ला ।

कन्या राशि – साताको प्रारम्भि दिनमा अन्नधन बढ्नेछ । त्यसपछिका दुई दिन खर्चवर्द्धक रहला । चौंथो, पाचौं र छैठौं दिन शुभ र सफलताकारक रहनेछन् । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता प्राप्त होला । सातौं दिनमा अन्नधन बढ्ला । मान महत्व बढ्नेछ ।

तुला राशि – साताको आरम्भिक दिनमा सुख समृद्धि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । उन्नति पदोन्नति हुनेछ । आइतबार, सोमबार आयस्रोत बढ्ला । लगानी उठ्ला । मंगलबार र बुधबारक जोखिममा नपर्नु हितकर होला । अन्य दिनहरु धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ ।

वृश्चिक राशि – साताको प्रथम दिनमा शुभता बढ्ला । दोस्रो र तेस्रो दिनमा सुख शान्ति समृद्धि बढ्नेछ । चौंथो र पांचौं दिनमा आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । छैठौं र सातौं दिनमा खर्च र लगानी बढ्नेछ ।

धनु राशि – साताको प्रारम्भिक दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ तथापि जोखिममा पर्नु र लापर्वाही गर्नु उचित हुनेछैन । दोस्रो र तेस्रो दिनमाआयस्रोत बढ्ला । इष्टमित्र प्रेमपात्र र सन्तानको साथ मिल्ला । लगानी उठ्नेछ । सुख शान्ति बढ्नेछ । अरुमाथि बढि भरनपरी आफ्नै बल विवेकले काम गर्नु उचित रहला । धन मान बढ्नेछ । आशा उत्साह बढ्ला । चौंथो र पाँचौं दिनमा पारिवारिक सुख शान्ति बढ्नुसंगै इष्टमित्रसत पनि राम्रो रहनेछ । कला, साहित्य, गीतसंगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । धर्मकर्म र भ्रमणमा आकर्षण बढ्ला । छैठौं र सातौं दिनमा अन्नधनमा वृद्धि होला ।

मकर राशि – साताको शुरुको दिनमा सुख सम्पति बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । दोस्रो र तेस्रो दिनमा जोखिममा पर्नु र लोभ लालचमा पर्नु उचित हुनेछैन । चौंथो र पाँचौं दिन शुभ र सफलता दायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आंट पराक्रम बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रबाट सहगोग प्राप्त होला । छैठौं र सातौं दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । मान महत्व बढ्नुसंगै ख्याति फैलिनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । मित मिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ ।

कुम्भ राशि – साताको आरम्भिक दिनमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । दोस्रो र तेस्रो दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा समारोहमा मान पुरस्कार प्राप्त होला । चौंथो र पाँचौं दिनमा नियम–कानूनलाई ध्यान राख्नु र जोखिमप्रति सचेत रहनु बेस होला । छैठौं र सातौं दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । आयस्रोत बढ्ला । सम्पति बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । हुनत कार्यमा सफलता मिल्ला तर बढी प्रयास र परिश्रम गर्नु पर्नेछ । सुख आनन्द ऐश्वर्य वृद्धि होला । आरोग्यता बढ्ला ।

मीन राशि – साताको सुरुको दिन शुभ फलदायक रहला । आयस्रोत बढ्ला । दोस्रो र तेस्रो दिनमा धन मान बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । चौंथो र पाचौं दिनहरू अत्यन्तै शुभ र भाग्यवर्द्धक रहनेछन् । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसँगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरुको सहयोग समर्थन मिल्नेछ । छैठौं र सातौं दिनमा स्वास्थ्यप्रति सचेत रहनु, जोखिमपूर्ण कार्यमा नलाग्नु र ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।