गाडीभाडा बढाउने निर्णय ५ घन्टा पनि टिकेन

गाडीभाडा बढाउने निर्णय ५ घन्टा पनि टिकेन


५ घन्टा नवित्दै गाडीभाडा बढाउने निर्णय फिर्ता भएको यातायात व्यवस्था विभागका निर्देशक प्रेमनाथ सिंहले जानकारी दिएका छन् । सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको घन्टा नवित्दै निर्णय फिर्ता लिएको हो ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले असार १ देखि लागु हुने गरी देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देशक सिंहले घटना र बिचारसँग भने, ‘आवश्यक छलफल गर्ने गरी निर्णय तत्कालका लागि स्थगन गरेका हौं ।’

स्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको बुझिएको छ ।