व्यङ्ग्य कविताहरू-कमल चौलागाईं

व्यङ्ग्य कविताहरू-कमल चौलागाईं


एमाले
ओल्लु-झल्लु लडेको
झल्लुको झिल्ली झरेको
सिसीले सिल्ली दरेको
झल्लु थला परेको

माकुने फ्याँकिने परेको
चोर बाटो समाई छिरेको
काम कर्म हेर्दा गिरेको
फोटो चैं भित्ताले भिरेको
माकुने झिकिने परेको

तोता-मैना कि कहानी
मै झल्लु-वाम हुई डार्लिङ तेरे लिए
तु हि बद्नाम हुई डार्लिङ किसके लिए
मेरी ये हाल हुई डार्लिङ तेरे लिए
तेरा वेहाल हुआ डार्लिङ किसके लिए ?

दुई मुक्तक
झल्लु-काजी दुइटा नाल
दाहालको बन्दुक पड्किँदा
झल्लु-काजी छन् बेहाल
दाहालको हालत रडकिँदा

वैद्य-डाक्टर मिलेछन्
दाःलको बोक्रा छिलेछन्
काजीले केरा खोजेछन्
बादलले बन्दुक रोजेछन्
-सर्जक पूर्वमन्त्री हुनुहुन्छ ।)

नओइलाउने फूल-रामेश्वर राउत मातृदास
मेरो आस्था मेरो विश्वास मेरो सम्मान गाढा
तिमी जहाँ पुगे पनि हुन्न कहिल्यै टाढा

मनमन्दिरमा सजाएर पूजा गर्छु हरपल
जस्तै बिघ्नबाधा आउन् हुन्न कहिल्यै विह्वल
जगमगाउँदो ज्योति तिमी हृदयको आडा
तिमी जहाँ पुगे पनि हुन्न कहिल्यै टाढा
मेरो आस्था मेरो विश्वास…

अविछिन्न अनन्त छन् सम्बन्धका पुल
छातीभरि फुलेका छन् नओइलाउने फूल
गतिशील प्रित पाइला छैनन् उन्माद छाडा
तिमी जहाँ पुगे पनि हुन्न कहिल्यै टाढा
मेरो आस्था मेरो विश्वास…
रारामा, वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती