■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य
साता (आषाढ १४–२० गते) को विशेष चाड पर्व :
शनिबार– वैष्णवानां एकादशी व्रतं, त्रिपुष्कर योग । आइतबार– प्रदोषव्रतं, राष्ट्रिय धान दिवस, रोपाई महोत्सव, दहीच्युरा खाने दिन । सोमबार– दिल्लाचस्ह्रेपूजा । मंगलबार– दर्शश्राद्धं, खेलकुद पत्रकार दिवस । विहीबार– जगन्नाथयात्रा ।
साताको राशि फल :
मेष राशि – शनिबार, आइतबार र सोमबारतिर हांस–विलासमा रुचि बढ्नेछ । आम्दानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मान–महत्व बढ्नेछ । आयस्रोत बढ्ला । सुख–शान्ति समृद्धि वृद्धि होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । सफलता मिल्नेछ । शारीरिक र आर्थिक बल वृद्धि होला । सुख–आनन्दमा पनि रुचि बढ्ला । यात्रा होला । मंगलबार र बुधबारतिर रसरागमा प्रवृत्ति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा सहभागी हुनुसँगै मान पुरस्कार पनि मिल्नेछ सुख–शान्ति समृद्धि आनन्द बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ र देखापरेको समस्याको समाधान मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । विहीबार र शुक्रबारतिर खर्च बढ्नेछ । भागदौड बढ्नेछ । विवादमा नपर्नु र अरुको भरमा नबस्नु हितकर हुनेछ ।
बृष राशि – साताको प्रारम्भिक दिनमा लगानी बढ्ला । आशा–उत्साह बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । दोस्रो दिन लाभ दायक र अन्न–धनवर्द्धक रहनेछ । मान महत्व बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । विवाद आदिप्रति सचेत रहनु सहतकर होला । तेस्रो, चतुर्थ, पाँचौं दिनमा घुमफिर गर्नु हुनेछ । हांसविलासमा आकर्षण बढ्नुको साथै सुख–सुविधाको वस्तु बढ्नेछ । सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । साहसिक र यात्रा परक कार्यमा प्रवृत्ति बढ्ला । शुभ काममा सफलता मिल्नेछ । मान–महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । छैठौँ र सातौँ दिनमा विकासको नयाँ सम्भावना देखापर्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । योजना र बजेट सार्थक होला ।
मिथुन राशि – साताको प्रारम्भिक दिनमा अन्नधन वृद्धि होला । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेमको क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै मित्रवर्गको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । दोस्रो र तेस्रो दिनमा लगानी र खर्च बढ्नेछ । चौंथो र पाँचौं दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोतरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । आरोग्यता र धन सम्पत्ति बढ्नेछ । मनोकूलको काम होला । छैठौं र सातौं दिनमा आयस्रोत वृद्धि हुनेछ । मान महत्व बढ्नेछ ।
कर्कट राशि – साताका प्रारम्भिक तीन दिन शुभ फलदायक रहलान् । रसरागमा रुचि वृद्धि होल । अन्नधन बढ्नेछ । शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश बर्चश्वमा वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । चौंथो र पाँचौं दिनमा लगानी बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । छैठौं र सातौं दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगानी लगाइएको धन उठ्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह राशि – साताको प्रारम्भिक र दोस्रो दिनमा यात्रा होला । धन बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । हाँसविलासमा प्रवृत्त रहनुहुनेछ । मान पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ । धन सम्पत्ति प्राप्ति हुने सम्भावना रहनेछ । सुख–सुविधा बढ्नेछ । चौंथो र पाँचौं दिनमा आयवृद्धि हुनेछ । धनसम्पत्ति वृद्धि हुनेछ । कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । मिठो भोजन मिल्नेछ । आँट–उत्साह बढ्ला । धर्मकर्ममा आकर्षण बढ्ला । छैठौं र सातौं दिनमा लगानी र खर्च बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।
कन्या राशि – साताको प्रारम्भि दिनमा जोखिममा नपर्नु हितकर हुनेछ । दोस्रो र तेस्रो दिनमा अन्नधन बढ्नेछ । भाग्योदय होला । शुभ काममा प्रवृत्ति बढ्ला । चौंथो र पाँचौं दिन शुभ र सफलताकारक रहनेछन् । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख–सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता प्राप्त होला । अन्नधन बढ्ला । मान महत्व बढ्नेछ । छैठौं र सातौं दिनमा खर्च बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।
तुला राशि – साताको आरम्भिक दिनमा सुख समृद्धि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । बौद्धिक र सृजनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । आइतबार र सोमबारतिर जोखिममा पर्नु र नियम तोड्नु उचित हुने छैन । मंगलबार र बुधबार धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । बिहीबार र शुक्रबारको मिठो भोजन मिल्नेछ । धन मान सुख समृद्धि बढ्ला ।
वृश्चिक राशि – साताको प्रथम दिनमा शुभता बढ्ला । दोस्रो र तेस्रो दिनमा सुखशान्ति समृद्धि बढ्नेछ । आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । चौंथो र पाँचौं दिनमा जोखिममा नपर्नु हितकर हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । छैठौं र सातौं दिनमा सुख समृद्धि बढ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ ।
धनु राशि – साताको प्रारम्भिक र दोस्रो दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । तेस्रो दिनमाआयस्रोत बढ्ला । आरोग्यता र धन बढ्नेछ । इष्टमित्र प्रेमपात्र र सन्तानको साथ मिल्ला । लगानी उठ्नेछ । सुख शान्ति बढ्नेछ । मान बढ्नेछ । आशा उत्साह बढ्ला । चौंथो र पाँचौं दिनमा पारिवारिक सुख शान्ति बढ्नुसंगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीत–संगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । धर्मकर्म र भ्रमणमा आकर्षण बढ्ला । छैठौं र सातौं दिनमा जोखिममा नपर्नु हितकर हुनेछ ।
मकर राशि – साताको सुरुको दिनमा भागदौड र खर्च बढ्नेछ । दोस्रो र तेस्रो दिनमा सुख सम्पति बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । चौंथो र पाँचौं दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट–पराक्रम बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । छैठौं र सातौं दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड चलिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
कुम्भ राशि – साताकोआरम्भिक दिनमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । दोस्रो र तेस्रो दिनमा भागदौड व्यस्तता बढ्नेछ । अरुको भरमा नबस्नु हितकर हुनेछ । विवादमा नपर्नु बेस होला । चौंथो र पाँचौं दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । आयस्रोत बढ्ला । सम्पति बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । कार्यमा सफलता त मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । सुख आनन्द ऐश्वर्य वृद्धि होला । आरोग्यता बढ्ला । छैठौं र सातौं दिनमा खर्च र विलास बढ्नेछ ।
मीन राशि – साताको सुरुका प्रथम, दोस्रो र तेस्रो दिनमा लगानी बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । धनसम्पत्ति ऐश्वर्य सुख शान्ति समृद्धि प्राप्त हुनेछ । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । चौंथो र पाँचौं दिनमा भागदौड व्यस्तता बढ्नेछ । विवादमा नपर्नु हितकर हुनेछ । बाँकी दिनहरूमा आर्थिक वार्तामा सफलता मिल्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसंगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरुको सहयोग समर्थन मिल्नेछ । अन्नधन बढ्नेछ । सुख समृद्धि बढ्ला ।
प्रतिक्रिया