पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची


पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ ।

इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ ।

सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ ।