आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०७६ बुधबार, ३ जुलाई २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०७६ बुधबार, ३ जुलाई २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे ग्रीष्मऋतु श्रीशाके १९४१ नेपाल संम्वत् ११३९ वि.सं. २०७६ आषाढ १८ गते बुधबार तद्अनसार सन् २०१९ जुलाई ३ तारिख आषाढ शुक्लपक्ष प्रतिपदा तिथि आद्र्रा नक्षत्र ७ः४७ पर पुनर्वसु ध्रुव योग किंस्तुघ्न करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२मा हुनेछ । अशुभ समय राहु काल–१२ः८ देखि १३ः५२, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – प्रभाव बढ्ला । आरोग्यता बढ्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेम सुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक सुख शान्ति बढ्ला ।

मिथुन राशि – मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखकारी रहला । मान प्रसिद्धि बढ्नेछ ।

कर्कट राशि – लगानी बढ्ला । भागदौड व्यस्तता रहला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ ।

सिंह राशि – आयवर्द्धक कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभासमारोहमा मान–पुरस्कार मिल्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धक काम बन्ला । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – धार्मिक काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि – धर्मकर्ममा रुचि बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ ।

वृश्चिक राशि – भागदौड व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला । नियम तोड्नु उचित नहोला । संयम र विवेकले काम गर्नु बेस हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

धनु राशि – समयले साथ दिनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट–उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान–मनितो बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य वृद्धि हुनेछ ।

कुम्भ राशि – विवाददेखि सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ । आँट–उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुनेछैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।

मीन राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्वमा वृद्धि हुनेछ । आशा उत्साह जाग्नेछ । आँट साहस बढ्नेछ । धैर्यले काम लिनु हितकर रहला । हासविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ ।