राप्ती समाज जापानको दोस्रो अधिवेशन सम्पन्न

राप्ती समाज जापानको दोस्रो अधिवेशन सम्पन्न


■ श्याम क्षेत्री, जापान

राप्ती समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा युवराज रेग्मी र महासचिवमा प्रकाश ओलीसहित २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जापानको टोकियोस्थित टोक्यो रोधी क्लबमा आयोजित भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष विशेश्वर रेग्मीले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश ओलीले गरेका थिए ।

भेलाले निवर्तमान अध्यक्ष विशेश्वर रेग्मीलाई संरक्षकको जिम्मा दिँदै नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितीको अध्यक्षमा युवराज रेग्मी, वरिष्ठ उपाध्यक्ष विकास ओली, उपाध्यक्ष प्रेमप्रकाश रोका मगर, नारायण बुढा मगर, मनराज विश्वकर्मा महासचिव प्रकाश ओली, सचिव पञ्चबहादुर चौधरी, कोषाध्यक्ष केशव भण्डारी, सहकोषाध्यक्ष आयुष्मा पुन मगर, प्रवक्त कमल बाठा मगर रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा युवक शाही, प्रवीन शर्मा, विश्वप्रताप बुढा, प्रतिज बुढा, सुनिल गौतम, कृष्ण रोका मगर, टीका डाँगी, टेकम ओली, कमल रावत, पिताम्बर जीसी, बलबआदुर घर्ती, क्षितिज रोका मगर, सुगम बस्याल, कमल सोनी र चन्द्रजंग मगरलाई चयन गरेको अध्यक्ष युवराज रेग्मीले जानकारी दिए ।

त्यस्तै सात सदस्यीय सल्लाहकार समूहमा डा. नेत्रप्रकाश भण्डारी, राजन केसी, बिष्णु पौडेल, शरद पोख्रेल, ताराप्रसाद बुढा मगर छन् । राप्ती समाज अष्ट्रलियका जयप्रकाश रोक्का मगरको समेत उपस्थिति रहेको अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षासमेत गरिएको थियो ।

भेलामा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधानलाई सर्वसम्मत पारित गर्नुका साथै आगामी कार्यक्रमको तर्जुमा गरी राप्तीवासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा समेत जोड दिइएको छ ।

जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीवासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने जापानमा क्रियाशील अन्य संघसंस्था जस्तै समाजले पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।