सोमालियाको लोकप्रिय होटलमा आक्रमण, २६ को मृत्यु

सोमालियाको लोकप्रिय होटलमा आक्रमण, २६ को मृत्यु


सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ । घटनामा परेर थप ५६ जना घाइते भएका र मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका छन् ।

घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको एएफपीले जनाएको छ ।
घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका छन् ।

आक्रमणमा चार जना संलग्न भएका बताइएको छ । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ । देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा गरिएको उक्त आक्रमण अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।