नेपाल तमाङ समाज ओमानको मृगौलापीडित लाई आर्थिक सहयोग

नेपाल तमाङ समाज ओमानको मृगौलापीडित लाई आर्थिक सहयोग


  • आरके श्रीवास्तव, ओमान

नेपाल तामाङ समाज ओमानले मृगौलापीडितलाई आर्थिक सहयोग रकम पठाएको छ । भोजपुर षडानन्द गाउँपालिका वाड न(६ स्थायी घर भएका सन्तोष तमाङ लाई आर्थिक सहयोग गरिएको हो ।

झापाको आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ पढ्दै गरेका १७ वर्षीय तामाङको दुवै मृगौला फेल भई मृत्युसंग लडिरहेका छन् । हाल काठमाडौंको मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । उपचारको लागि आर्थिक अभाव हुन गएकोले यस विपत्तिमा नेपाल तामाङ समाज ओमानले दावा तामाङको संयोजकत्वमा सन्तोष तामाङ बचाउ अभियान सुरु गरेको थियो ।

समाजका सदस्यहरु तथा ओमानमा रहेको सहयोगी हातबाट उठेको तीस हजार रूपैयाँ बिरामी सन्तोष तामाङकी दिदीलाई मेडिकल कलेज अत्तरखेरमा नेपाल तामाङ समाज ओमानका अध्यक्ष तेज तामाङले आर्थिक रकम हस्तान्तरण गर्नुभएको समाजका सचिव रीना तमाङले जानकारी दिनुभयो।

यस्तै, गुल्मी सत्यवती गाउँपालिकास्थित लिम्घा र लुम्पेकमा गत सोमबार राति आएको अविरल वर्षापछिको पहिरोले पुरिएर ज्यान गुमाउनेहरुप्रति गुल्मी सेवा समाज ओमानले समवेदना व्यक्त गरेको छ । जनधनको ठूलो क्षति भएकोले यस दुःखद घडीमा सम्पूर्ण समाजसेवी महानुभावहरूमा आर्थिक सहयोगको लागि गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गाप्रसाद ढकालले अपिल गर्नुभएको छ ।