जापानमा छात्रवृत्ति पाउने नेपाली विद्यार्थीको नाम घोषणा तयारी

जापानमा छात्रवृत्ति पाउने नेपाली विद्यार्थीको नाम घोषणा तयारी


  • श्याम क्षेत्री, टोकियो

गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा सय जना नेपाली विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्नेहरुको नाम अगस्ट ५ तारिखका दिन घोषणा गरिने भएको छ ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासँगै देखिएका विविध समस्या तथा चुनौती न्यूनीकरणमा अग्रसरता देखाउँदै एनआरएनए जापानले छात्रावृत्ति कार्यक्रम संचालन गर्दै आएको छ । जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज, विश्वविद्यालय अध्ययनपश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएता पनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ, तर कलेज शुल्क तिर्न र दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज तथा विश्वविद्यालयमा अध्ययनरत जेहेन्दार तथा लगनशील सय जना विद्यार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पनि यस्तै प्रकृयाबाट ३० जना विद्यार्थीले छात्रवृत्ति सेवा पाइसकेका छन्। यही जुलाई १ तारिखसम्म आवेदन दिई प्रकृया पूरा भएका विद्यार्थीहरुको नामावली छात्रवृत्तिको लागि एक विशेष कार्यक्रमसहित घोषणा गरिने अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिनुभयो । बताइएअनुसार कार्यक्रम दिवा १३ः०० बजे हुने र आसागयास्थित साङ्ग्यो स्योको खाईखान (सुगुनामी कु आसागया मिनामी ३-२-१९) हुने छ।