थाइल्यान्ड बडिविल्डिङ एण्ड फिजिक्स स्पोर्टस एसोसियसनको आयोजनामा श्रावण ३१ देखि भाद्र १ गते सम्म थाइल्याण्डको बैंककमा एसिया प्यासिफिक बडिविल्डिङ च्याम्पियनसिप २०१९ हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फवाट १२औँ साउथ एसियन बलिविल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिप २०१९ मा विजयी तीन खेलाडी र एक अफिसियललाई सहभागिता गराउने संघले निर्णय गरेको छ ।
उक्त च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठले सिनियरतर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए । नरेश मुनिकारले १६७ सेमीमाथिको पुरुष एथलेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए । उनीहरूले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।
त्यस्तै आउँदो भदौ २६ देखि असोज १ गते सम्म मंगोलियामा हुने ५३औँ एसियन बलिविल्डिङ र फिजिक स्पोर्टस च्याम्पियनसिप २०१९ मा शारीरिक सुगठन प्रतियोगितामा तीनजना, पुरुष स्पोर्टस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्समा चारजना र पुरुष एथलेटिक्स फिजिक्समा २ जना तथा २ अफिसियल र २ निर्णायकहरू गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया