महासंघको उपाध्यक्षमा कायस्थ र राजभण्डारी चयन

महासंघको उपाध्यक्षमा कायस्थ र राजभण्डारी चयन


नेपाल शारीरिक सुगठनका उपाध्यक्षद्वय विजयलाल कायस्थ र दिनेश राजभण्डारी दक्षिण एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् महासंघको उपाध्यक्षमा चयन भएका छन् ।

काठमाडौमा हालै सम्पन्न साउथ एसियन बलिविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीपका दौरान भएको महासंघको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका प्रथम उपाध्यक्ष कायस्थ तथा उपाध्यक्ष राजभण्डारीलाई महासंघको उपाध्यक्षमा चयन गरेको संघले जनाएको छ ।

त्यस्तै, साउथ एसियन बलिविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसिपमा राष्ट्रको शिर उच्च राख्न सफल पदक विजेता खेलाडीहरूलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।

संघले एक विज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसीपमा स्वर्ण हात पार्नेलाई नगद ५० हजार, रजतलाई नगद ३० हजार र काँस्यलाई नगद २० हजार प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो ।

१८ विधामा प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो । टिम च्याम्पियन भने अफगानिस्तान रहेको थियो ।