नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी करातेको बन्द प्रशिक्षण साउन ९ गतेदखि सुरु भएको छ ।
बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराते प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।
खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए । त्यसपछि पहिलो हुने खेलाडी मात्र बन्द प्रशिक्षणमा रहने छन् । टिम स्पर्धाको छनोट भने साउन १३ गते गरिने छ ।
बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव सिलवालले आर्थिक भार बढ्छ भनेर खेलाडीको प्रशिक्षणमा सम्झौता गर्न नसकिने बताउदै खेलाडीलाई इमान्दारीपूर्वक प्रशिक्षण गरी उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहन बताए ।
प्रतिक्रिया