चीनमा पहिरो : २१ घर पुरिए, २४ को मृत्यु, २७ बेपत्ता

चीनमा पहिरो : २१ घर पुरिए, २४ को मृत्यु, २७ बेपत्ता


चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मंगलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सो पहिरोमा परी २७ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।

शुक्रबार दिउँसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचनाअनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्ण रूपमा विस्थापित भएका छन् । उक्त स्थानमा आठजना भ्रमणमा आएका पर्यटक र केही श्रमिकसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ ।

उद्धारकर्ताले पहिरोमा परी बेपत्ता चिनियाँको खोजी गरिरहेको बताइएको छ । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

लिउपान्सी शहरनजिकैको एक ग्रामीण बस्तीमाथिबाट मंगलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरलाई पुरेको स्थानीय अधिकारीले बताएका छन् ।
रासस