आजको पञ्चाङ्ग एवम् राशिफल (११ साउन २०७६ शनिबार, २७ जुलाई २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ साउन २०७६ शनिबार, २७ जुलाई २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सम्वत ११३९ वर्षा ऋतु वि.सं. २०७६ श्रावण ११ गते शनिबार तदानुसार सन् २०१९ जुलाई २७ तारिख श्रावण कृष्णपक्ष दशमी तिथि १५ः२८ पर एकादशी तिथि कृतिका नक्षत्र १६ः२८ पर रोहिणी नक्षत्र वृद्धि योग भद्रा करण १५ः२८ पर बालव करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ । शुभ समय अभिजित– ११ः४३ देखि १२ः३७, अशुभ समय राहुकाल– ८ः४७ देखि १०ः२८, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – मान सम्मानमा वृद्धि होला । घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा बढोत्तरी हुनेछ । धनसम्पत्ति बढ्नेछ । पुरस्कार प्राप्त होला ।

बृष राशि – अन्न धन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्नेछ । व्यापारिक क्षेत्रमा नयाँ(नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन राशि – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रसन्न भइहाल्नेछ ।

कर्कट राशि – ग्रहगोचर भाग्यवद्र्धक छ । आयस्रोत बढ्ला । इष्टमित्र सन्तान सुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्नुको साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागि पर्नुहुनेछ ।

सिंह राशि – कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । सुख समृद्धि बढ्नेछ ।

कन्या राशि – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्नेछ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठोभोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याती फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला राशि – ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । ऐनकानुनप्रति ध्यान दिनुपर्नेछ । अरुको भरमा बस्नु उचित हुनेछैन । योजना र बजेट बनाई काम गर्नु बेस हुनेछ ।

वृश्चिक राशि – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता लागिरहेछ । विजय प्राप्त होला । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बलविवेकले काम गर्नु बेस रहला । समृद्धि बढ्नेछ ।

मकर राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्वलाई पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन राशि – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।