सिरियामा १० दिनमा १०३ को मृत्यु

सिरियामा १० दिनमा १०३ को मृत्यु


सिरियामा १० दिनको अवधिमा १०३ जनाले ज्यान गुमाएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको हो ।

यस्तै, तीन महिनाको अवधिमा सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट चार लाख बढी विस्थापित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

घटनाप्रति अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण भने भएको छैन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गर्दै अन्तराष्ट्रिय चासो आवश्यक बताए ।