■ श्याम क्षेत्री, टोकियो
गैरआवसीय नेपाली संघ एनआरएनए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । चिवाको फुनाबासीमा शनिबार (२७ जुलाई) सम्पन्न भएको पहिलो अधिवेशनबाट बिष्णुप्रसाद सुवेदी संयोजक चयन भएका छन् ।
समितिका उपसंयोजकहरूमा सुरज राई र लक्ष्मी केसी महर्जन, सचिवमा राजन भट्टराई, सहसचिवमा शंकर सुवेदी, कोषाध्यक्षमा मुक्तिराज रेग्मी र सहकोषाध्यक्षमा समीरजंग खड्का छानिएका छन् ।
त्यसैगरी, सदस्यहरुमा टीकाराम न्यौपाने, पिताम्बर गौतम, दिनेश गौतम, सुरेन्द्र सुवेदी चयन भएका बताइएको छ ।
राजनकुमार श्रेष्ठ, केशव अधिकारी र सुरेश गिरी संलग्न रहेका निर्वाचन समितिले अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको थियो ।
प्रतिक्रिया