भिसिटीएस प्रणालीमा १८ हजार व्यवसायी समाहित

भिसिटीएस प्रणालीमा १८ हजार व्यवसायी समाहित


सरकारले सुरु गरेको ‘भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) प्रणालीमा व्यवसायीको आकर्षण बढेको छ । सुरुमा प्रणालीको विरोध गर्नेहरु पनि समाहित भएका हुन् ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रणाली सुरु भएको केहि दिनमै १८ हजार ५ सय ३८ व्यवसायी प्रणालीमा आवद्ध भएका छन् ।

हालसम्म ५ हजार ९ सय ९५ वटा उद्योग, ६ हजार २ सय १९ ट्रेडर्स, ३ हजार ४५ आयातकर्ता, १४ सय ३ होलसेलर रहेका छन् । त्यस्तै ट्रान्सपोर्ट ७ सय २४, कस्टम ऐजेन्ट ५ सय ९४ र अन्य ४ सय ८५ वटा समाहित भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । प्रणालीका बारेमा विभागले बिहान ६ देखि राति ११ बजेसम्म व्यवसायीलाई सिकाइरहेको छ । यसैले पनि सरकारले लागु गरेको प्रणाली सफल हुने विश्वास विभागको छ ।

विभागले ३ महिनासम्म परीक्षण अवधि राखेर प्रणाली बारे जानकारी गराइरहेको छ । प्रणालीमा आवध नहुनेलाई १ रुपैयाँदेखि ५० हजार जरिवाना गरिने छ ।