सैन्य अभ्यासका क्रममा सैनिक जवानको मृत्यु

सैन्य अभ्यासका क्रममा सैनिक जवानको मृत्यु


गोदावरीको लम्कीचुहा नगरपालिका-३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएका सह-सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिनुभयो । घटना आज बिहानको हो ।