कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा सदस्यसचिव सिलवालले पभेलियन, पिच, प्यारापिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिएका थिए ।

सिलवालले त्यहाँ रहेका समस्याका बारेमा लिखित रुपमा परिषद्मा पेश गर्न र त्यसमा कार्यन्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आज (साउन ११) गरिएको निरीक्षणका दौरान राखेपका कोषाध्यक्ष शैलेस कर्माचार्य, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय, क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटा, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलगायतको उपस्थिति थियो ।