जापानमा ६.५ म्याग्निच्युडको भूकम्प

जापानमा ६.५ म्याग्निच्युडको भूकम्प


जापानमा आइतबार ६.५ म्याग्निच्युडको भूकम्प आएको छ ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान ३ः३१मा भूकम्प गएको जापानको मौसम विज्ञानसम्बन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराइमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।