म्यानमारमा पहिरो जाँदा कम्तीमा १३ को मृत्यु, पाँच बेपत्ता

म्यानमारमा पहिरो जाँदा कम्तीमा १३ को मृत्यु, पाँच बेपत्ता


म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकाहरू स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरू रहेका छन् । स्थानीय समयअनुसार दिउँसो २ बजे पहिरो गएको थियो । उद्धारकर्ताले १३ जनाको शव भेटिएको र अरू पाँचजना अझै हराइरहेको विभागीय कर्मचारीले बताएका छन् ।

घटनास्थलबाट दुईजना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरूको भनाइ छ । खोजी तथा उद्धारकार्य जारी रहेको जनाइएको छ ।