मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

मुलपानी क्रिकेट रंगशालाको निरीक्षण


राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वदायी भूमिकामा जिम्मेवारी पाएपछि सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिँदै आएका छन् । ‘साग’मा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसँगको छलफल पनि सँगसँगै अगाडि बढाइरहेका छन् ।

सो क्रममा पूर्वाधारको निरीक्षण गर्ने क्रममा सदस्यसचिव सिलवालले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, गोकर्ण क्लब कोर्स र गोकर्णस्थित साइक्लिङको क्रसकन्ट्री तथा डाउन हिल स्पर्धा हुने स्थानको स्थलगत निरीक्षण गरेका थिए ।

सो अवसरमा सदस्यसचिव सिलवालले समस्याका बारेमा जानकारी लिनुका साथै समस्याबारे लिखित रुपमा पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै सिलवालले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साग आफ्नो पहिलो प्राथमिकता भएकाले यसलाई सफतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउदै यस कार्यमा सरोकारवाला सबैको साथको आवश्यकता रहेकामा जोड दिए ।