ह्याण्डबल खेल मैदान स्तोरोन्नतिका लागि समिति गठन

ह्याण्डबल खेल मैदान स्तोरोन्नतिका लागि समिति गठन


आउँदो मंसिरको १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुदअन्तरर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिति गठन गरिएको छ ।

गण्डकी प्रदेशसभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितिको संयोजकमा र नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक बसोबास तथा यातायत समितिको संयोजकमा रहेका छन् ।

सागअन्तर्गत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए ।

पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्तोरोन्नति गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषदले साग खेलका लागि मैदानको स्तरोन्नतिका लागि आ.व. ०७६÷७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट समेत बिछ्याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

ह्याण्डबल मैदानको ढलानसहित म्याट ओछ्याउन करिव १ करोड २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई सागअघि तयार गरि सक्ने योगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितिको उपाध्यक्षमा राम गुरुङ र सचिवमा श्रीकृष्ण अधिकारी रहेका छन् ।

त्यसैगरी उपभोक्ता समितिको कोषाध्यक्षमा शान्ति थापा सदस्यहरूमा खिम गुरुङ, विश्व तन्डुकार, पदम नेपाली, मोहन गुरुङ र टीकाराम पुन रहेका छन् । कास्की जिल्ला ह्याण्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापाको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तेज गुरुङको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।