बोको हरामद्वारा नाइजेरियामा ६५ जनाको हत्या

बोको हरामद्वारा नाइजेरियामा ६५ जनाको हत्या


विश्वको खतरनाक आतंककारी समूहका रुपमा सूचिकृत बोको हराम नामक विद्रोही सङ्गठनका लडाकुहरूले नाइजेरियामा ६५ जनाको हत्या गरेका छन् । नाइजेरियाको उत्तर–पूर्वी राज्य बोर्नोमा आफन्तजनको अन्तिम संस्कारमा सहभागी भइरहेका नागरिक–समूहमाथि अन्धाधुन्ध गोली प्रहार गरी मानिसहरूको ज्यान लिएका एएफपीले जनाएको छ ।

बोर्नो प्रान्तको राजधानी माइदुगुरी नजिकै रहेको गाउँमा गत शनिबार सवारी साधनहरू प्रयोग गरी अकस्मात पुगेका विद्रोही लडाकुको समूहले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६५ जनाको ज्यान गएको जनाइएको छ ।

दुई साताअघि स्थानीयले बोको हरामका एक दर्जन लडाकुको हत्या गरेका थिए । त्यसैको बदलास्वरुप यो घटना घटाइएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।